सप्तरीका मुसहरलाई नेपाली सेनाकाे भीमदल गणकाे उपाहार बहुउपयाेगी `सामुुदायिक भवन´
३ माघ, सप्तरी । नेपाली सेनाको भिमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ धोवियास्थित मुसहर बस्तीमा सामुदायिक भवन निर्माण गरेको छ । नगद ३ लाख ५० हजार रुपैयाँ लगानीमा नेपाली सेनाकाे भीमदत्त गणले उक्त सामुदायिक भवन निर्माण गरिदिएकाे हाेे । यस कार्यले जनस्तरमा नेपाली सेनाकाे छविलाई अझै उन्नत बनाएकाे छ ।
सेनाले निर्माण गरेकाे भवन बुधबार एक समाराेहकाे आयाेजना गरी हस्तान्तरण गरिएकाे छ । बुधबार मुसहर बस्तीमा आयाेजित कार्यक्रममा भीमदत्त गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले सामुदायिक भवनको साँचो वडाध्यक्ष दीपेन्द्र यादवलाई हस्तान्तरण गरे । साँचो हस्तान्तरण अघि भवनकाे उद्घाटन स्थानीय मुसहर समुदायका वयोवृद्ध इश्वर सदाले गरेका थिए ।

प्रमुख सेनानी कुँवर र वडाअध्यक्ष यादवले भवनमा राखिएकाे शिलालेखको अनावरण गरे । भीमदल गणकाेे सेनाका श्रमदानबाट सुसहर बस्तीमा सामुदायिक भवन निर्माण भएको हो । पुस १५ गतेदेखि निर्माण सुरू भएको । भवनमा प्राविधिकसहित सेनाका १५ जना सैनिकले पुस २४ सम्म काम गरेका थिए ।

स्थानीय मुसहर समुदायका लागि बहुउपयोगी रहेको उक्त भवनमा आवश्यक कागजात सुरक्षित राख्न लकरको समेत व्यवस्था गरिएको प्रमुख सेनानी कुवँरले जानकारी दिए ।
भवन निर्माणले वस्तीमा हुने सार्वजनिक कार्यहरू, विवाहसँगै किशोरी शिक्षाका लागि अध्यापन गराउन तथा कसैका लागि घरका पाहुना आउँदा उनीहरूका लागि समेत प्रयोग गर्न सकिने वडा अध्यक्ष यादवले बताए । वस्तीमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण हुँदा स्थानीय मुसहर समुदाय खुशी भएका छन ।

प्रकाशित मिति : 13:21







