बालिका बलात्कार गर्ने नुवाकाेटका दलबहादुर थापा सार्वजनिक
३ माघ, बाजुरा । एक बालिकालाई बलात्कार गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । ४७ वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएकोे प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेक थिए ।थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए । अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 10:39









