६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

संसदमा बल नपुग्ने भएपछि प्रदेश राजधानी माग्दै कांग्रेस सडकमा

३ माघ, काठमाडाैँ । संसदमा बल नपुग्ने भएपछि नेपाली कांग्रेस अाजदेखि प्रदेश राजधानी माग्दै सडकमा निस्किने भएको छ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले बिहीबार बुटवलमा जनप्रदर्शन गर्दैछ ।

गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको भन्दै कांग्रेस सडकमा निस्कने निर्णमा पुगेको हो  ।

कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालका अनुसार बिहान ११ बजे बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने जनप्रदर्शन पछि आयोजना हुने सभालाई कांग्रेसका युवा नेताहरु बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डाक्टर चन्द्र भण्डारी लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 10:14