९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमा आजदेखि आवेदन दिन सकिने

२२ असार, काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (असार २२ गते) देखि सामूहिक लगानी कोष  ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाईको बिक्री खुलाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख यकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त योजनमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

योजनाको इकाईमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

प्रकाशित मिति : July 6, 2025 at 10:04 am