भूकम्प सुरक्षा दिवसमा नेपाली सेनाको शत्रुमर्दन गुल्मको सचेतनामुलक प्रदर्शनी (फोटोफिचर)
२ माघ, बैतडी । भूकम्प सुरक्षा दिवसमा नेपाली सेनाको बैतडीमा रहेको शत्रुमर्दन गुल्मको सचेतनामुलक प्रदर्शन गरेको छ । भूकम्पको समयमा कसरी सुरक्षित रहन सकिन्छ र त्यसपछि उद्धार र प्राथमिक उपचारको काम कसरी गरिन्छ भनेर नाटकीय रूपमा जानकारी दिइयो । २०७२ सालको वैशाखमा भएको विनाशाकारी भूकम्पछिको राहत तथा उद्धारमा सबैभन्दा सक्रिय भएर अग्रमोर्चामा खटिएको सेनाले बैतडीमा नमुना प्रदर्शनी गरेको हो ।
नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११औँ स्थानमा छ। यसकारण यहाँ भूकम्पका कारण हुन सक्ने जन धनको क्षति कम गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन भैरहेका छन ।
यही क्रममा सचेतना दिवसका अवसरमा वैतडीमा पनि सेनाले सचेतनामूलक कार्यक्रम गरेको सेनाका क्याप्टेन नरेश अर्यालले दैनिकीलाइ जानकारी दिए । उनले कार्यक्रममा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सम्पूर्ण सुरक्षासँग सम्बन्धित कार्यालय, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र सर्वसाधरणसहित चार सयभन्दा बढीले सचेतनामुलक प्रदर्शनी अवलोकन गरेका थिए ।

प्रकाशित मिति : 23:06









