नमस्ते ग्यासको सिलिण्डर पड्किदाँ नुवाकोट बेलकोटगढीका ३२ वर्षीय काजी तामाङको मृत्यु
२ माघ, काठमाडौँ । काठमाडौँको गोंगबुमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो टोखा नगरपालिकाको गोंगबुमा नमस्ते ग्यासको सिलिण्डर पड्किदाँ नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय काजी तामाङको मृत्यु भएको हो ।
सिलिण्डर पड्किएर अंगभंग भएका काजीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

मध्यान्ह १२ः३० बजेको समयमा काजी लगायतको समूहको सिलण्डर विस्फोटमा परेका थिए । नुवाकोटकै बेलकोटगढीका श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा कार्यरत पाँच जना मध्ये अन्य चार जना भने घाइते अवस्थामा उपचार गराइरहेका छन । बिस्फोटमा कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल भएका छन । उनीहरूलाइ थप उपचारका लागि कीर्तिपुर लगिएको छ । बिस्फोट किन भयो भन्ने खुलेको छैन ।
प्रकाशित मिति : 19:38









