१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

भ्यालेन्टाइनको डेको राति श्रीमतीको हत्या गर्ने बिरु पक्राउ

३ फागुन, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ ।” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो, “सम्झाउने क्रममा विवाद हँुदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” प्रहरीले बिरुलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : February 15, 2018 at 3:23 pm