दरमखोला हाइड्रो इनर्जीको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?
१८ असार, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ११ करोड ७५ लाख बढीको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज असार १८ गते बिहान ५ः०६ बजेसम्ममा कम्पनीको आईपीओमा ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको ११ लाख ७५ हजार २० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ४.०२ गुणा बढी आवेदन हो ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रकाशित मिति : १८ असार २०८२, बुधबार १३:००













