२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेपाली चेली भारतीय वेश्यालयमा बेच्ने गिरोहका नाइके नुवाकाेटका कृष्णबहादुरलाई २० वर्ष कैद

२ माघ, नुवाकोट । चेलिबेटी बेचबिखनको गिरोह सञ्चालन गर्दै आएका नुवाकोटका कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्ष कैदको फैसला सुनाएको छ । दर्जनौ चेलीको बेचबिखनामा संलग्न कृष्णबहादुरलाई दोषी ठहर गर्दै २० वर्ष कैदको फैसला गरिएको हो । एक १८ वर्षीय किशोरीका आफन्तले उजुरी गरेपछि उनी पक्राउ परेका थिए । न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले तामाङले दोषी ठहर गरेको हो ।

नवाकोटको दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ ।

विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए । फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18:55