चरेस तस्करी गरेको आरोपमा नुवाकोटकी डान्सर कान्छी माया घले पक्राउ
२ माघ,नुवाकाेट । चरेस तस्करी गरेकाे अाराेपमा नुवनकाेटकी एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया डान्सर कान्छी माया घले रहेकी छिन् । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गर्ने कान्छीलार्इ लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले हुलाक कार्यालय सुन्धाराबाट पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा गएको टोलीले कान्छीकाे साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले जानकारी दिएका छन् ।चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको तर कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको बताएकाे छ । बयानका क्रममा कान्छीले यसअघि एक पटक सजिलैसँग अगलबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएकी छिन् ।
प्रकाशित मिति : January 16, 2019 at 5:55 pm









