३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूलाई लेटमिइन प्रालिमा १५ प्रतिशतसम्म छुट

१७ असार, काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित लेटमिइन प्रालिबीच विशेष छुट सुविधा सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लेटमिइन प्रालिमा कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक तथा सौन्दर्य उपचार सेवाहरूमा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेटमिइन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरे।

यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीहरूलाई सौन्दर्य सेवा प्रयोगमा थप प्रोत्साहन र सहुलियत मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित मिति : July 1, 2025 at 3:01 pm