प्रहरीमा भर्ना हुन गएका युवककाे हत्या गर्ने युवराजलाई प्रहरीले गोली हानी पक्राउ गर्याे
२ माघ, काठमाडौँ । प्रहरीमा भर्ना हुन गएका युवककाे हत्या गर्ने युवराज गिरीलाई प्रहरीले गोली हानी पक्राउ गरेकाे छ । माघ २६ मा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेका गिरीसँग बर्दियामा जम्काभेट भएपछि भाग्न खोजेका उनिमाथि प्रहरीले गोली चलाएको हो ।

गिरीकाे खुट्टामा गोली लागेकोले उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएकाे प्रहरीले जनाएकाे छ । दीपकसिंह ठकुरीको हत्या अाराेपमा भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको छ । उनकै बयानका अाधारमा प्रहरीले गिरीकाे खाेजतलास गरिरहेकाे थियाे ।
प्रकाशित मिति : 14:28









