२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अब काठमाडौंमा दिउँसो पनि मापसे चेकिङ हुने

२ माघ, काठमाडौँ । अब काठमाडौँमा दिउँसो पनि मापसे चेकिङ हुने भएकाे छ । रातिको समयमा मात्रै मापसे चेकिङ गर्दै अाएकाे ट्राफिक प्रहरीले दिउँसोमा समेत मापसे जाँच गर्न थालेको हाे । प्रहरीले रातिको समयमा समेत थप कडाइ गरेको जनाएको छ ।

फाइल फाेटाे

सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत मापसे जाँच गर्न शुरू गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो ।

प्रकाशित मिति : 14:02