२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

बुंगल हाइड्रोले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१६ असार, काठमाडाैं । बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

धितोपत्र बोर्डले अनुमति दिएसँगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १८:४५