नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति
१३ असार, काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे हाे । धितोपत्र बोर्डले बैंक लाई रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ । ८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज पाइने छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १०:०५












