आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
१० असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएको छ । आज ओम मेगाश्री फर्मास्युटीकल्सको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको आज ८.०१ प्रतिशत अर्थात एक सय दुई रुपैयाँले सेयरमूल्य बढेकाे हाे ।
त्यस्तै, हिमालयन पावरको ७.८७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, पियोर इनर्जीको ५.८४ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.८३ प्रतिशतले सेयरमूल्य बढेकाे छ ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार १५:२३