२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

घुस्याको अखडा भनेर चिनिएको श्रम कार्यालयमा चामत्कारिक सुधार, सेवाग्राहीलाई सुविधै सुविधा

१ माघ, काठमाडौँ । घुस्या कर्मचारीको अखडा भनेर चिनिएको श्रम कार्यालय ताहाचलमा चामत्कारिक सुधार देखिएको छ । कुनै समय घुस खाएर अकुत कमाउनका लागि पहिला नै लाखौँ रकम खर्च गरेर सरूवा भैजाने कार्यालयको उपमा पाएको श्रम कार्यालय ताहचलको रूपमा चामत्कारिक सुधार आएको छ । सेवाग्राहीले पाइलेपिच्छे दुःख पाएर घुस खुवाएपछि बल्ल काम हुने निकाए भनेर बद्नाम भएको कार्यालयमा अहिले सेवाग्राहीलाई सुविधै सुविधा छ ।

श्रम, रोजागार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको नेतृत्वमा सम्हालेदेखि नै सुधारका निम्ति आँखा लगाएको यो  निकायमा अहिले सेवाग्राहीले पहिलाको जस्तो दुःख होइन बरू सुविधा पाएका छन । मन्त्री विष्टले भ्रष्टाचारका निम्ति गिद्दे नजर लिएर आएका कर्मचारीलाई त्यहाँबाट हटाएपछि अहिले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बस्ने बेन्च, पिउने पानी, फ्रि इन्टरनेट उपलब्ध गराएको छ ।

विगतमा दुःखमात्रै पाउने र घुस नदिइ कामै नहुने कार्यालयमा काम हुने वातावरण पनि बन्ने र बस्ने बेन्च, पिउने पानी, फ्रि इन्टरनेट समेतको सुविधा पाएपछि सेवाग्राही दंग परेका छन । नेतृत्वले चाहेमा सुधार सम्भव छ भन्ने सन्देश श्रम कार्यालय ताहाचलले दिएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधारमा लागेका मन्त्री विष्टले जनहितमा हुने कामलाई प्राथमिकतामा राखेका छन ।

प्रकाशित मिति : 20:31