२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कृषि तथा पशु विज्ञान संस्थानको भर्नाको त्रुटि तत्काल सच्याउन क्रान्तिकारीको माग

१ माघ, काठमाडौं । नेकपा निकट अखिल(क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रकृया त्रुटिपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।

आज क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियांलाई ज्ञापन पत्र वुझाउंदै नयाँ भर्ना प्रक्रिया अघि वढाउन आग्रह गरेको हो

ज्ञापनपत्रमा भनिएको छ- ‘ मिति २०७५ पौष २४ गतेको सूचनाको आधारमा २९ र ३० गतेका लागि तोकिएको स्नातक तहको भर्ना अन्तर्गत कोटा प्रणालीको लागि गरिएको भर्ना अन्त्यन्त अबैज्ञानिक र अव्यवहारिक भइ त्रुटि पूर्ण हुनगएको पाइएको छ ।’

प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा मेरिट र कोटाको छुट्टा–छुट्टै नतिजा सार्वजनिक नगरिएकाले मेरिट र कोटाको कति क्रमसंख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको आरोप क्रान्तिकारीले लगाएको छ ।

यसवाट कोटाको सिटमा भर्ना हुँदा कोटामा बढी अंक प्राप्त गर्ने वास्तविक विद्यार्थीहरुले अध्ययन गर्नबाट वञ्चित भई कम अंक प्राप्त गर्ने विद्यार्थी भर्ना हुने स्थिति आएको छ। यसलाई अविलम्ब सच्याउनु पर्ने माग राख्दै त्रिवि अन्तर्गतका कृषि तथा पशु विज्ञान अध्यापन गराइने सवै कलेजमा विद्यार्थीहरु आन्दोलनरत रहेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

प्रकाशित मिति : 15:54