१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

यस्तापाे आमाछाेरीः एक लाख घुस खाँदा पनि सँगै प्रहरी खाेरमा जाँदा पनि सँगै

२ माघ, काठमाडौँ । कम्पनी रजिस्ट्रार कार्यालय, त्रिपुरेश्वरकी सहायक रजिस्ट्रार गीता कुमारी पन्थी १ लाख घुससहित पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले पन्थीलाई सेवाग्राहीसँग लिएको १ लाख घुस रकमसहित सोमबार नियन्त्रमा लिएको जनाइएको छ।

अख्तियारले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार त्रिपुरेश्वर कार्यालयमा दर्ता रहेको एक स्कुलको कर तिर्न जाँदा पन्थीले छुट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेकी थिइन् । यसबारे सूचना पाएपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घुसबापतको रकम लिई छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवैजनालाई काठमाडौं महानगरपालिका-१४ स्थित एनएमबी बैंकको पार्किङ्गबाट नियन्त्रणमा लिएको अख्तियारले विज्ञाप्तिमा जनाएको छ ।

प्रकाशित मिति : January 16, 2019 at 8:32 am