सिद्धार्थ बैंकले पायो २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति
६ असार, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो ।
कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको हाे । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज पाइने छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १५:०७












