१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

मुख्यमन्त्री राईले दिए माघीको शुभकामना

१ माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिनुहुँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको बताउनुहुँदै मुख्यमन्त्री राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा यस मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षाल्लास पूर्वक धूमधामले मनाउने गरिएको बताउनुभएको छ ।

तरुल लगायतका कन्दमुल तथा घिउ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुसी साटासाट गरी मनाइले यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको मुख्यमन्त्री राईको शूभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : January 15, 2019 at 5:04 am