विकास हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
५ असार, काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँड गरेको छ ।
यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँड गरेको हो । कम्पनीकाे आइपीओकाे नतिजा सिडिएसको बेवसाइट: https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको बेवसाइट: https://www.prabhucapital.com/ipo-allotment र मेरो शेयरको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १४:१०













