८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रभु बैंकको २ लाख ७८ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

५ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेययरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको स्वामित्वमा रहेको २ लाख ७८ हजार २०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १०:२८