१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

यात्रुको दबाबमा कुदाउँदा रोल्पामा गुडिरहेको जीप खोलामा खस्यो, दुईको मृत्यु, १२ जना घाइते

३० पुस, रोल्पा । यात्रुले दबाब दिएर नयाँ बाटोमा गुडाउँदा रोल्पामा जीप दुर्घटना भएको छ । सोमबार यात्रुको दबाबमा नयाँ ट्रयाक खोलेको बाटोमा जीप कुदाउँदा दुर्घटनामा परेको हो । पश्चिम रोल्पाको कुरेलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन ।

सोमबार परिवर्तन गाउँपालिका–१, खरिबोट चौखाबाङ भन्ने ठाउँमा जलजला हिमाल यातायात प्रालिको लु १ ज ३३३२ नम्बरको जीप  दुर्घटना भएको रोल्पाको प्रहरी नायव उपरीक्षक दिपक खड्काले दैनिकीलाइ जानकारी दिए । उनले मृत्यु हुनेमा परिवर्तन गाउँपालिका राङ्सी घरभइ कुरेली माइत जाँदै गरेका सन्जु बुढा र निशा रोकाको ९ महिने छोरीको मृत्यु भएको बताए ।

फाइल तस्बीर ।

प्रहरीका अनुसार जीप सडकबाट सिधैं खोलाको पानीमा खसेको थियो । जीप खोलामै पुगेका कारण घाइतेहरु समेत पानीमा भिजेका थिए । घाइतेलाई जिल्ला अस्पताल रेउघा लगिएको छ ।

प्रकाशित मिति : January 14, 2019 at 8:31 pm