९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछ ?

३ असार, काठमाडौं  । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचका प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।  साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 17, 2025 at 9:21 am