होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच विशेष छुट सम्झौता
२ असार, काठमाडाैं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनास ताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरेका थिए । प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १०:०२












