१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

एनआईसी एशिया बैंकद्वारा कैलालीको सहारा घरलाई सामग्री सहयोग

२७ चैत, काठमाडौं। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग गरेको छ।

बैंकले असहायका लागि सहयोगी हातहरू नेपालद्वारा सञ्चालित उक्त संस्थामा आश्रित व्यक्तिहरूको बसाइ सहज र स्वस्थ बनाउने उद्देश्यले डाइनिङ टेबल, बेन्च तथा स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर प्रदान गरेको जनाएको छ।

एक कार्यक्रमका बीच बैंकका सर्कल हेड (धनगढी) दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई सामग्री हस्तान्तरण गर्नुभएको हो। सहारा घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा विशेष क्षमता भएका गरी ९७ जनाले आश्रय लिइरहेका छन्।

बैंकले यस सहयोगले आश्रित व्यक्तिहरूको दैनिक जीवन थप सहज हुनुका साथै स्वच्छ खानेपानीको पहुँचमा सुधार आउने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि बैंकले विभिन्न सामाजिक कार्यक्रममार्फत शिक्षा र समुदाय विकासमा सहयोग गर्दै आएको छ। शान्ति सेवा गृहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना जस्ता कार्यक्रम सञ्चालन गरिसकेको बैंकले जनाएको छ।

प्रकाशित मिति : April 10, 2026 at 1:02 pm