१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सिद्धार्थ बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२६ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले दुई जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्यासहित आवश्यक कागजात संलग्न गरी लिखित आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको अवधिभित्र उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकबाट पर्याप्त आवेदन नपरेमा वा सम्पूर्ण सेयरका लागि माग नआएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सो संस्थापक सेयर बिक्री गर्न प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 9, 2026 at 1:15 pm