१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

डा गोविन्द केसी अनशनस्थल छाडेर अस्पतालमा बसाइ सरे

३० पुस, काठमाडाैँ । इलाममा अनशन बसिरहेका डा गोविन्द केसी अस्पताल बसाइ सरेका छन । सोमबार उनी अनशनस्थल छाडेर अस्पतालमा सरेका हुन । श्वासप्रश्वासमा समस्या तथा मुटुको चालमा गडबडी आएपछि उनलाई साेमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा अनशन बस्न पुगेका केसी सहरी विकास भवनमा बसेका थिए । उनलाइ त्यहाँबाट एम्बुलेन्समा राखेर इलामको चोकबजारस्थित जिल्ला अस्पताल पुर्याइएको छ । डा.अभिषेक सिंह लगायतले अस्पतालमै अनशन बस्ने वातावरण बनाएपछि उनी त्यहाँ गएका हुन ।

डा सिंहले केसीको अनशनको व्यवस्थापनको काम गर्दै अाएका छन । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि त्यही दिन अपराह्नदेखि उनी १६औं अनशनमा बसेका हुन्।

प्रकाशित मिति : January 14, 2019 at 12:40 pm