२० अर्ब रुपैयाँ गायब भन्ने समाचार भ्रामक र तथ्यहीनः नेपाल बैंक
२९ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा नेपाल बैंक लिमिटेडबाट २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भन्ने भ्रामक समाचार प्रकाशित भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बैंकले उक्त समाचार पूर्ण रूपमा तथ्यहीन र भ्रमजनक भएको जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुनअनुसार आफ्ना हिसाब-किताब सञ्चालन गर्दै आएको र नियामक निकायलाई आवश्यक वित्तीय विवरणहरू नियमित रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
त्रैमासिक तथा वार्षिक विवरणहरू सार्वजनिक पहुँचमा राखिँदै आएको उल्लेख गर्दै बैंकले गलत जानकारीमा आधारित समाचारप्रति विश्वास नगर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १५:०६












