२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गर्नुभएको छ । नेपालको संविधानको धारा १५३ अनुसार एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

नेपालको संविधानमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ। यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुनुभएको न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी असार १० मा चार वर्षे पदावधि सकिएर अवकाश हुँदैहुनुहुन्छ । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गर्नुभएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १४:१२