ओएनएफ न्युजिल्याण्डमा नयाँ नेतृत्व , अध्यक्षमा रामराज ओली
वेलिंग्टन । प्रवासी नेपाली मञ्च न्युजिल्याण्ड तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट रामराज ओलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनले उपाध्यक्षमा मिलन जिसी, सचिवमा समिर सिल्वाल तथा उपसचिवमा ईन्द्र निरौलालाई चयन गरेको छ । यस्तै सदस्यमा श्री थापा, प्रवेशराज पाण्डे, सन्तोष श्रेष्ठ, पूर्ण सम्बाहम्फे, उद्धव शर्मा, सुशील शिवाकोटी, सविता बस्नेत, विशाल पौडेल सर्वसम्मत चयन गरेको छ ।
मञ्चका अध्यक्ष डा. भगवान यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य सुर्य पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा ओशीयाना ईन्चार्ज रमेश पाण्डे लगायतले शुभकामना गरिएको थियो भने कार्यक्रमको संचालन कमिटीका उपाध्यक्ष रामराज ओलीले गरेका थिए ।

प्रकाशित मिति : 13:57













