२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

आस्था सहकारीका अध्यक्ष राजेशसहित हुण्डीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

२९ पुस, विराटगनर । हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ ।

विराटनगर,२९ पुस (रासस) जिल्ला प्रहरी कार्यालय मोरङले सहकारीको आडमा अवैध रुपमा हुण्डिको कारोवार गर्नेवाट रु ६९ लाख ५७ हजार ६ सय वरामद गरी सार्वजनिक गर्दै । फोटो–मनोज दाहाल, रासस विराटनगर

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 00:15