१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

२८ जेठ, काठमाडौं। कुमारी बैंक लिमिटेड र गुर्जुधारा,काठमाण्डौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच कुमारी बैंकका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतीपत्रको लागि प्रयोगात्मक परिक्षा (ट्रायल) सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि९गुर्जुधारा ट्रायल सेन्टर०मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

 कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : June 11, 2025 at 5:11 pm