१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

विद्यालय भत्काउन नमानेको भन्दै कांग्रेस नेताले प्रधानाध्यापकलाई कार्यालयमै कुटे

२९ पुस, गोरखा । नेपाली कांग्रेसका एक स्थानीय नेताले गोरखामा विद्यालयका प्रधानाध्यापकलाई कुटपटि गरेका छन । विद्यार्थी र शिक्षककै अघि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका व्यक्तिले प्रअलाई कुटपिट गरेका हुन । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मा रहेको विन्द्रवती उच्च मावि मसेलका प्रअ उत्तरनारायण श्रेष्ठलाई स्थानीय समेत रहेका हालका व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले कुटपिट गरेका हुन ।

पीडित प्रअ श्रेष्ठले दैनिकीसँग कुरा गर्दै शिव श्रेष्ठले आफूलाई अफिस कोठामै आएर कुटपिट गरेको बताए । उनले भने ‘बिहान ११ बजेतिर म अफिस कोठामा थिएँ । सरसँग काम छ भन्दै शिव श्रेष्ठ पनि आए । उनले मलाई मेरो जग्गामा विद्यालय परेको छ भत्काउ भने, मैले विद्यालय भत्काउन सक्दिन तपाईंको जग्गा हो भने कानुन उपचार खोज्नुस भनेर सुझाव दिएँ तर उनले मलाई सिकाउने भन्दै त्यही कुटीहाले ।’

कुटपिटमा परेका विन्द्रवती उच्च मावि मसेलका प्रअ उत्तरनारायण श्रेष्ठ ।

शिव श्रेष्ठले केही समयदेखि प्रअ फेर्ने भन्दै गउँका चियापसलमा समेत भन्दै हिडने गरेको स्थानीयले बताएका छन । उनी सोही वडाका वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वद्रीनारायण श्रेष्ठका जेठा छोरा हुन । शिवले केही समय अघि शिक्षक छनौट परीक्षाको उत्तरपुस्तिका नै लिएर भागेका थिए । त्यतिखेर उनी शिक्षक छनौट समितिकत्त संयोजक रहेका थिए । प्रहरीले खोजी गरेपछि उनले पछि उत्तरपुस्तिका फिर्ता गरेका थिए ।

प्रकाशित मिति : January 13, 2019 at 9:16 pm