१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

वायोमेडिकल इन्जिनियरिङ कलेजमा अखिलको क्लिन स्वीप, खोज्दा पनि भेटिएन नेविसंघ

२९ पौष, काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हांडीगांउ स्थित वायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलको निर्वाचनमा नेकपा सम्वद्ध संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको छ।

निर्वाचन तालिका अनुसार आज मनोनयन पत्र दाखिला गर्ने दिन निर्धारित समय भित्र अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियुको संयुक्त प्यानलको मात्र उम्मेदवारी परेकाले निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

आज कलेज प्राङ्गणमा क्याम्पस प्रमुख एवम् निर्वाचन समितिका संयोजक विनोद श्रीवास्तवले संयुक्त प्यानलका दिपराज वुढाथोकी नेतृत्वको टिमलाई विजेता घोषणा गरेको हुन् ।

वुढाथोकी संयुक्त अखिलको प्यानल अन्तर्गत अखिल (क्रान्तिकारी) सम्वद्ध हुन्। उपसभापति पारस पौडेल अनेरास्ववियु सम्वद्ध हुन्। निर्वाचित हुने अन्यमा सचिव प्रवेश लामिछाने, सह सचिव कृस्पा बुढामगर र कोषाध्यक्ष रक्षा महत रहेका छन्। नेविसंघको केन्द्रीय नेतृत्वले शिलाखोजे झै समर्थक खोज्दा पनि नपाएपछि टिम नै पुर्याउन नसकेपछि अन्तिम समयमा हात उठाएको थियो । नेविसंघकै लागि भनेर दुइ पटकसम्म मनोनयन सारिएको थियो । तर नेविसंघको केन्द्रीय नेतृत्वले पूरै शक्ति लगाउँदा पनि एक जना पनि सर्मथक नै पाउन सकेन ।

प्रकाशित मिति : January 13, 2019 at 7:43 pm