सर्वोत्तम सिमेन्टको सञ्चालकमा विनय खरेल नियुक्त
२६ जेठ, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालकमा विनय खरेल नियुक्त हुनुभएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । खरेललाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरिएको हो ।
यस्तै उक्त बैठकले यसअघिका सञ्चालक उत्सव न्यौपानेको राजीनमा स्वीकृत गर्ने निर्णय गरेको छ । न्यौपानेले कम्पनीको सञ्चालक समितिसमक्ष जेठ २३ गते राजीनमा पेश गर्नुभएको थियो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १४:२५