१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण

२५ जेठ, काठमाडाैं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा– २ लाई स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये उक्त शाखा स्थानान्तरण गरी काठमाण्डौ महानगरपालिका– २७, ठमेल, काठमाण्डौस्थित संचय कोष भवनबाट जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट सेवा दिदै आईरहेको छ ।

प्रकाशित मिति : June 8, 2025 at 1:44 pm