१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव भेटियो

२५ जेठ, सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ ।

सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

बेपत्ता भएका दुई जनामध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव गत शुक्रबार भेटिएको थियो । बेपत्ता भएका दुवै गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : 13:37