२७ पुष २०८२, आईतवार | Mon Jan 12 2026

दुर्गेश थापा एडिलेडमा लाइभ प्रस्तुतिको लागि अगष्ट ८ मा आउँदै

एडिलेड । नेपाली सांगीतिक क्षेत्रका चर्चित व्यक्तित्व  दुर्गेश थापाले आगामी अगस्ट ८ तारिख शुक्रबार एडिलेडमा लाइभ प्रस्तुति दिने भएका छन्। “दुश्मन हेरेको हेराई” नाम दिईएको यस कन्सर्ट वुडभिल टाउन हलमा आयोजना हुनेछ।

दुर्गेश थापा नेपाली संगीत उद्योगमा छुट्टै पहिचान बनाएका कलाकार हुन्। उनका ‘बीच बाटो’, ‘ह्याप्पी तिहार’, ‘श्रीमान श्रीमती’ ‘दुश्मन हेरेको’, ‘रातो रातो खुर्सानी’, ‘की दुर्गेश जेलमा’, ‘बाल मतलब’, ‘हुकुमको एक्का’, ‘तिमी संग’, ‘मुद्दा हाल्दिन्छु’, पैसा, साथी र ‘सलाई छ’ जस्ता गीतहरूले लोकप्रियता मात्र नभइ विवाद पनि ल्याएका छन्। तर, उनी स्टेजमा दर्शकसँग जोडिन सक्ने खप्पिस कलाकारको रूपमा चिनिन्छन्। यो कन्सर्टमा उनी आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै, दर्शकलाई नचाउने र झुमाउने तयारीमा छन्।

एस के इभेन्ट र ब्रीजरक्सले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमको टिकटहरू अहिले टिक्सोर्ट (Tixort) मार्फत खरिद गर्न सकिन्छ।

कार्यक्रमका बारेमा एस के ईभेन्टका निर्देशक कमल थापा मगरले दुर्गेश थापा जस्ता ऊर्जावान कलाकारलाई प्रत्यक्ष हेर्नु, रमाइलो गर्ने र नेपाली संगीतमा रमाउने यो अवसर बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १३:०४