चिकित्सक र स्वास्थ्य सहायकसँग वार्ता गर्न टोली गठन
२९ पुस, काठमाडाैँ । कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ ।

टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागार्इं र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको छ । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले भोलि ती दुवै सङ्घसँग मागका विषयमा वार्ता हुने जानकारी दिनुभयो ।
प्रकाशित मिति : 18:24







