२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नुवाकोटका नागरिकका लागि गाउँगाउँमा सेवा, एकीकृत घुम्ती शिविरबाट उपभोक्ता लाभान्वित

२९ पुस, नुवाकोट । सरकारी सेवा स्थानीयस्तरमै नागरिकलाई दिने उद्देश्यले जिल्लाको पूर्वी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरेको छ । शुक्रबार र शनिबार शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगरमा सञ्चालित एकीकृत घुम्ती शिविरमा शुक्रबार १३७ र शनिबार ३७२ जनालाई नागरिकता वितरण गरिनाका साथै अन्य सरकारी सेवा दिइएको थियो ।

सो अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण गरिनाका साथै जिल्ला स्वास्थ्य कार्यालय र शिवपुरी गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले नयाँ मिटर वितरण र विद्युत् महसुल सङ्कलन गरेको थियो ।

शिविरमा जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले विद्यमान ऐन कानूनको कार्यान्वयन र अपराध रोकथामका सम्बन्धमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको प्रजिअ थापाले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला निर्वाचन कार्यालयले तस्वीरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरेको थियो भने कोष तथा लेखा नियन्त्रण र डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, पशु अस्पताल र जिल्ला हुलाक कार्यालयले आआफ्नो कार्यालयसम्बद्ध सेवा दिएका थिए । तस्बीरहरूः शिवपुरी गाउँपालिककी उपाध्यक्ष मञ्जु केसीको फेसबुकबाट साभार

  

प्रकाशित मिति : 17:44