दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा स्थगित
२३ जेठ, काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेका कारण कम्पनीको जेठ २२ गते आयोजना हुने तय भएको दुई आर्थिक वर्षको साधारण सभा स्थगित भएको हो ।
कम्पनीले ११ औं र १२ औं साधारण सभा एकैपटक बाेलाएकाे थियो । उक्त सभा काठमाडौंको पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान ११:३० बजे आयोजना गर्ने तय भएको थियो ।
प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ११:२७













