राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा सन्तोष पौडेल
१९ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा सन्तोष पौडेल निर्वाचित हुनुभएको छ । काठमाडाैँ र ललितपुरमा भएको पाँचाै राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा अमृता बराल महासचिबमा भीमराज सिंह निर्वाचित हुनुभएको छ । सचिवमा रुपा केसी, चन्द्रबहादुर सुनार चयन हुनुभएको छ । निर्वाचित केन्द्रिय कमिटिको सपथ कार्यक्रम मंगलबार विहान ८ बजे तय भएको अध्यक्ष मण्डलले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार २१:३७










