सुदूरपश्चिम सेवा समाज यूएईको अध्यक्षमा सन्ध्या बोगटी भण्डारी
यूएई- सुदूरपश्चिम सेवा समाज यूएई केन्द्रीय समितिको अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईको केन्दिय समितीले आफ्नो पहिलो र दोस्रो कार्यकाल सफलता पूर्वक पुरा गरी आगामी कार्यकालका लागि सन्ध्या बोगटी भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।

युएई को एभरेस्ट होटेलमा ११ जनवरी २०१९ शुक्रबार दिन सु प सेवा समाज युएई केन्दिय समितीका निबर्तमान अध्यक्ष जयराज जोसि को अधछयतामा सुदुर पस्चिम सेवा समाज अन्तर्राष्टि्य समितिका उपाध्यक्ष लोकेन्द्र बहादुर बंमको प्रमुख आतित्थयमा सुदुरपश्चिम अन्तर्राष्टि्य समाजका गल्फ संयोजक धर्मराज पान्डे, सुदुरपश्चिम सेवा समाज का बरिस्ट सल्लाकार लक्षमण अधिकारीको विशेषा अतािथ्यता र अदभुत कलाका धनि गिनिज बुक रिकोर्डका लागि विश्व भ्रमणका क्रममा युयई मा रहेका सुदुरका चेला मनोज चन्द लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिमवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा समितिका केन्द्रिय उपाध्यक्ष देब कुवँरले उपस्थित सम्पूर्णलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अथिति, बिशेष अथिति लगायत अथितिहरुले पनि आ-आफ्नो जिज्ञासा राख्दै नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवगठित समितिका अध्यक्ष सन्ध्या बोगटीले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा युएईमा रहेका सम्पूर्ण सुदूर पश्चिम वासीहरुलाई एकजुट गरेर अघाडि बढ्ने बताइन ।
यस्तो छ नयाँ कार्यसमिति
१.अध्यक्षः टिकेस्वरी बोगटी भण्डारी (सन्ध्या)
२.बरिष्ट उपाध्यक्षः धन खडका
३.महिला उपाध्यक्षः सुधा राना
४ प्रथम उपाध्यक्षः भिम सिंह
५ द्धितिय उपाध्यक्षः कासी गोयला
६ माहासचिवः दान सिंह महरा (दिनेस)
७ सचिवः मनोज भट्ट (सानुकाजी)
८ सहसचिवः देबेन्द्र विष्ट
९.कोषाध्यक्षः मोहन ठगुराठी
१० सह कोषाध्यक्षः सिर्जना मल्ल
११ कलाः संस्कृति बिभाग प्रमुखः सुरज साह
१२ कलाः संस्कृति बिभाग उपप्रमुखः रबिन कठायत
१३ सदस्यः शिवराज जैसी तिमिल्सिना
१४ सदस्यः मनोज साउद
प्रकाशित मिति : 12:09









