२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा झिनो अंकको सुधार, ९ अर्ब बढीको कारोबार

१९ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा बन्द भएको छ । आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।   ङादी ग्रुप पावरको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १५:३३