१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

राप्रपाले साथ नदिने र नागरिकले प्रतिकार गर्ने भएपछि राजावादीको बन्द फिर्ता

१९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ नदिने भएपछि राजावादीले आह्वान गरेको काठमाडौँ उपत्यका बन्द फिर्ता भएको छ । राप्रपा अध्यक्षले आफूहरू कुनै पनि बन्द हड्तालको पक्षमा नरहेको बताउँदै आउनुभएको थियो ।

राजतन्त्र ब्यूझाउने भनेर बनाइएको संयुक्त जनआन्दोलन समितिको नाममा नवराज सुवेदीको बन्दको घोषणा गर्नुभएको थियो । बन्दको नागरिकस्तरबाटै प्रतिकार गर्ने भनेर सामाजिक सञ्जालहरूमा व्यापक मतहरू प्रकट भएका थिए ।

व्यवस्थाविरोधीहरू माथि जाइलाग्न केपी शर्मा ओलीले युवा संघ र पुष्पकमल दाहाल प्रचण्डले वाइसिएललाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ०५:३५