९ असार २०८२, सोमबार | Mon Jun 23 2025

गायक तथा संगीतकार गणेश रसिकको निधन

१८ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । आइतबार दिउँसो हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएका छन् ।

रसिक ५ वर्षदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो । अहिले उहाँको शव टिचिङ अस्पतालमा राखिएको छ । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १४:०५