नेपाली सेनाका जवानबाट युवती बलात्कारको प्रयास, बिरोधमा स्थानीयले बाले सडकमा अागो
२८ पुस, काठमाडाैँ । नेपाली सेनाका जावनहरूबाट युवती बलात्कारको प्रयास गरेका छन। सिराहाको मिर्चैयामा एक किशारीमाथि सेनाका जवानले बलात्कारको प्रयास गरेका छन् । घटनालाई लिएर आक्राेसित बनेका स्थानीयले शनिबार सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
इलाका प्रहरी कार्यालयमा साँझ आन्दोलनरत पक्ष र प्रहरीबीच ५ बुँदे सहमतिपछि मात्र राजमार्ग सञ्चालनमा आएको छ। प्रहरीले दोषीलाई बचाउ गर्दै निर्दोष पक्राउ गरेको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको कटारी चोकमा विरोध प्रदर्शन गरेका थिए।

मिर्चैया नगरपालिका–७ पानी ट्यांकी नजिकै श्रीनाथ गण चोहर्वाका सेनाहरूले एक किशोरीलाई बलात्कारको प्रयास गरेका थिए। घर नजिकै खेतमा शौच गर्न गएको बेला शुक्रबार राति करिब ११ बजे किशोरीलाई सेनाका ३ जवानले बलात्कारको प्रयास गर्दा किशोरीले गुहार लगाएकी थिइन्।
आवाज सुनेर स्थानीयहरूले किशोरीको उद्धार गरी सेनालाई लखेट्दा ३ जना मध्ये २ जना भाग्न सफल भएका थिए भने एक जनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
प्रकाशित मिति : January 12, 2019 at 11:49 pm







