४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

सरकारले शिक्षक बैंकको स्थापना गर्ने

१५ जेठ, काठमाडौं । सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै  शिक्षक बैंक स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । साथै, शिक्षक दरबन्दीको पुनरावलोकन गरिने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:००